FAQs Complain Problems

गाउँपालिकाको सक्षिप्त परिचय

बझाङ जिल्लाको दक्षिण तथा पश्चिमी भागमा अवस्थित केदारस्यूँ गाउँपालिका जिल्लाको मुख्य सडकखण्डसँग जोडिएको गाउँपालिका हो। उच्च पहाडी जिल्लाको रूपमा रहेका बझाङ जिल्लाकै धरातलिय विशेषता झल्काउने यस गाउँपालिका साविकका रायल, बाँझ, भामचौर र भैरवनाथ ४ (चार) वटा गा.वि.स.मिलेर बनेको छ । यो गाउँपालिका हालको संधीय संरचना अनुसार प्रदेश नं. ७ अन्तर्गत पर्दछ । जिल्लाको कुल क्षेत्रफलको ३.३ प्रतिशत भुभाग ओगटने यस गाउँपालिकाको कुल क्षेत्रफल ११३.९१ वर्ग कि.मि रहेको छ । मिति २०७३/११/२७ गते नेपाल सरकारद्वारा प्रकाशित खण्ड ६६,संख्या ५८,नेपाल राजपत्र भाग ४ को पृष्ट नं ३५८ प्रकाशित राज्य पुनसंरचनाको प्रतिवेदन अनुरुप यस गाउँपालिकामा जम्मा ९ वटा वडा कायम गरएको छ । वडागत क्षेत्रफल अनुसार यस गाउँपालिकाको वडा नं. १ को क्षेत्रफल १५.४० वर्ग कि.मि रहेको छ जुन कुल क्षेत्रफलको १३.६% रहेको छ । त्यसैगरी वडा नं. २ को क्षेत्रफल ४.४४ वर्ग कि.मि (कुल क्षेत्रफलको ३.९%), वडा नं. ३ को क्षेत्रफल १३.७४ वर्ग कि.मि.(कुल क्षेत्रफलको १२.२%), वडा नं. ४ को क्षेत्रफल १५.७९ वर्ग कि.मि (कुल क्षेत्रफलको १४%), वडा नं. ५ को क्षेत्रफल ११.९९ वर्ग कि.मि.(कुल क्षेत्रफलको १०.६%), वडा नं. ६ को क्षेत्रफल १५.९६ वर्ग कि.मि.(कुल क्षेत्रफलको १४.१ %), वडा नं. ७ को क्षेत्रफल १३.८४ वर्ग कि.मि.(कुल क्षेत्रफलको १२.१%), वडा नं. ८ को क्षेत्रफल १४.८९ (कुल क्षेत्रफलको १३.२%) र वडा नं. ७.८३ वर्ग कि.मि.(कुल क्षेत्रफलको ६.९%) रहको छ।

यस केदारस्यूँ गाउँपालिका खुला दिशामक्त, पूर्ण खोप र पूर्ण साक्षर गाउँपालिका घोषणा रभइसकेको छ ।

//